उद्देश्य

१. नेपालभर रहेका भूमि अधिकारबाट बञ्चितहरुलाई गोलबन्द गरी उनीहरुको हक अधिकारका लागि संगठित र संयोजनकारी भूमिका निभाउने ।
२. भूमि अधिकारबाट बञ्चित किसानमाथि भइरहेका शोषण, अन्याय, अपमान, ज्यादति र अधिकार हननका घटना अन्त्यका लागि आवश्यक पहल गर्ने ।
३. भूमि अधिकारका सवाललाई सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र र रुपान्तरणको आधारभूत तथा पहिलो अधिकारका रुपमा स्थापित गर्न आवश्यक कार्य एवम् पहल गर्ने ।
४. भूमि अधिकारबाट बञ्चित र साना किसानहरुको सम्मुनति, स्वतन्त्रता र अधिकारका लागि राष्ट्रिय भूमि अधिकार मञ्चलाई स्थापित गर्दै जाने ।
५. भूमि अधिकारबाट बञ्चितको भूमि अधिकार प्राप्तिका लागि आवश्यक पहल गर्ने ।
६. भूमि तथा कृषि सुधारका व्यबहारिक पक्षलाई गाँउगाँउबाट शुरु गर्ने ।