नेपालमा विद्यमान सामाजिक र आर्थिक शोषण, बहिष्करण र त्यसले सिर्जना गरेको गरिबीको मूल कारण भूमिबिहीनता हो । किनभने भूमि वितरण र व्यवस्थापन अन्यायपूर्ण छ । त्यसैले यसमा आमूल परिवर्तन जरुरी छ । यहि तथ्यलाई आत्मसात् गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल सबैलाई सुरक्षित आवास र स्वयम् खेती गर्ने किसानलाई खेतीयोग्य जमिन उपलब्ध गराउने यात्रामा अविचलित हिँडिरहेको छ । यस यात्रामा ...