राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यही फागुन २७ देखि २९ गतेसम्म गण्डकी प्रदेश पोखरामा भएको सम्मेलनले सरस्वती सुब्बाको अध्यक्षतामा २३ सदस्यीय राष्ट्रिय समिति चयन गरेको छ । ५४ जिल्लाबाट सहभागी भएका भूमि अधिकारबाट वञ्चित किसानका ५ सय प्रतिनिधि तथा पर्यवेक्षकले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चुनेका छन् । । ‘न्याय समृद्धिको आधार जनमुखी भूमिसुधार भन्ने मुल नाराको साथ गण्डकी प्रदेशको सुन्दर नगरी पोखरामा सुरु भएको राष्ट्रिय भूमिअधिकार मञ्च नेपालको पाँचौ राष्ट्रिय सम्मेलन भब्यताको साथ सम्पन्न भएको छ१उद्घाटन सभाको दिन गाईघाट बजारबाट १० हजारभन्दा बढी भूमि अधिकारबाट वञ्चित किसानहरूको ¥याली तथा जुलुसले परिक्रमा गरिएको थियो । भूमि अधिकारको मागसहितका नारा, सांस्कृतिक पहिचानसहितको ¥यालीले भूमिहीनहरूको शक्ति प्रर्दशन गरेको छ । पाँचौ राष्टिय सम्मेलनको उदघाट्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष, पुर्व प्रधानमन्त्री मा. पुष्प कमल दाहाल प्रचण्डले गर्नुभएको थियो सम्मेलनमा भूमि ब्यबस्था कृषि सहकारी मन्त्री मा. पधमा अर्याल,नेपाली कांग्रेसका नेता पुर्व अर्थ मन्त्री रामशरण महत,राष्ट्रिय सभाका उपाध्यक्ष मा. शशिकला दाहाल,नेपाल कम्युनिस्ट पार्टीका सचेत मा. शान्ता चौधरी, पुर्व कानुन मन्त्री कृष्ण बा थापा,गण्डकी प्रदेशमा भूमि ब्यबस्था मन्त्री मा. लेख बा थापा,कास्की जिल्ला पार्टी प्रतिनिधि संघ संस्था,पत्रकार ,किसान सञ्जालका प्रतिनिधि सम्मेलनमा सहभागि हुनुहुन्थ्यो१सम्मेलनको बन्द सत्रमा मञ्चको साङ्गठानिक तथा आर्थिक प्रगती प्रतिवेदनमाथि छलफल गरी पारित गरियो । केन्द्रीय पदाधिकारीहरूमा उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्षमा क्रमशः मेघ बहादुर बि.सि, बल बहादुर तामाङ्ग, चन्द्रा बि.क., सुनिता विश्वकर्मा छन् । र सदस्यहरूमा ल्याम बहादुर दर्जी, शोभवती हरिजन, शिब कुमार पासवान, लक्ष्मी लोहार, जसवीर ओड, पालती थामी, कन्या कुमारी गुरुङ्ग, कार्साङ्ग पेम्बा तामाङ्ग, छोटेलाल थारु, छुमरु सरदार थारु, फौदसिं स्याङ्तान, बेलकुमारी लुुंगेली, नवराज गुरागाइ, आश बहादुर गुरुङ्ग, मञ्जु कुमारी श्रेष्ठ, दल बहादुर रासकोटी मगर, पहलसिंह मगर, कर्ण बहादुर बाँनिया छन् । सम्मेलनका लागि सबै जिल्ला मञ्चहरूले आआफ्नो जिम्मेवारीमा तोकिएको दायित्वहरू बुझाएका थिए ।