राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, भूमि अधिकारबाट बञ्चितहरुको सुरक्षित आवास र जिविकोपार्जनका सवालमा वकालत गर्दै आईरहेको छ । भूमि स्रोतमा सबै नागरिकहरुको समान उपभोगको अधिकारबाट मात्र न्याय, सुशासन र समृद्धिको सपना पूरा हुने बिशवासका साथ देशब्यापी अभियानमा रहेको मञ्चले भूमि समस्या समाधानमा सरकार र नागरिक समाज संगसंगै हिड्नपर्ने अवधारणा सहित आज पत्रकार सम्मेलन मार्फत खबरदारी गरेको छ । साथै देश ब्यापी रुपमा पनि खबरदारी सभा भएका छन ।