सुरक्षित घरबास सबैलाई खेतीयोग्य जमिन किसानलाई, यही मुल नाराका साथ देशभर जारी अभियान


सुरक्षित घरबास सबैलाई खेतीयोग्य जमिन किसानलाई, यही मुल नाराका साथ देशभर जारी अभियान

राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल सबैलाई सुरक्षित आवास र स्वयम् खेती गर्ने किसानलाई खेतीयोग्य जमिन उपलब्ध गराउने यात्रामा अविचलित हिँडिरहेको छ । यस यात्रामा मञ्चले भूमि सम्बन्धी देशभर विद्यमान समस्याहरु जस्तै: गुठी तथा विर्ता पीडित, मोही,महिला तथा साना किसान, उखडा, कमैया, हलिया, हरुवा, चरुवा, सुकुम्बासी, ऐलानी जग्गा बसोबासी र चुरेक्षेत्रका सवालहरुलाई राष्ट्रिय बहसमा ल्याउने र सरोकारवालाहरुसँग त्यसको वकालत गर्ने काम गर्दै आइरहेको छ ।