राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको व्यवस्थापन तथा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, काठमाडौँको प्राविधिक सहयोगमा मञ्चको राष्ट्रिय कार्यालय चितवन, ठिमुरामा चार दिने वित्त व्यवस्थापन तथा स्रोत अभिवृद्धि तालिम २०८१ कार्तिक २१ देखि २४ गते सम्ममा सम्पन्न भएको छ। तालिम कार्यक्रममा १५ जिल्लाका २८ जनाको सक्रिय सहभागिता रहेको थियो।

