लक्ष्य

लक्ष्य

सुरक्षित आवास र जिविकोपार्जनका लागि भूमिस्रोतमा स्वामित्व र पहुँच ।

मुख्य मुद्दा

सुरक्षित आवास र जिविकोपार्जन

भूमि अधिकारबाट बञ्चितहरुको सुरक्षित आवास र जिविकोपार्जन सुनिश्चित गर्ने ।

सामाजिक न्याय र समृद्धि

भूमि अधिकारबाट बञ्चितहरुलाई सामाजिक, राजनीतिक सहभागिता र समृद्धिको अवसर प्रदान गर्ने ।

guthi movement dang 2 feb, 2024 kt (19)

उद्देश्य

  • देशभर रहेका भूमि अधिकारबाट बञ्चितहरुलाई सामाजिक आन्दोलनको रुपमा संगठित गर्ने ।
  • भूमि अधिकारबाट बञ्चितमाथि हुने अधिकार हनन्का घटनाको प्रतिरोध र पिडितहरुको अधिकार संरक्षण गर्ने ।
  • भूमि अधिकारका लागि नयाँ नीति एवं कानून र भएका असल नीति एवं कानूनको प्रभावकारी कार्यान्वयनका लागि वकालत गर्ने ।
  • भूमि अधिकारबाट बञ्चित भई मञ्चमा संगठित सदस्यहरुको आधारभूत अधिकार प्राप्तीमा मद्दत गर्ने ।
  • प्राकृतिक स्रोतको संरक्षण र दीगो उपयोग, पर्यावरणीय सन्तुलन र विपद व्यवस्थापनका सम्बन्धमा वकालत गर्ने ।